रामचन्द्र पौडेलको गृहजिल्लामा एमालेको अर्काे जित, भीमाद नगरपालिकामा प्यानलै विजयी
दमौली, ४ जेठ । तनहुँको भीमाद नगरपालिकामा नेकपा एमालेले जित हासिल गरेको छ ।तनहुँ कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको गृहजिल्ला हो । यहाँ एमालेले देवघाट गाउँपालिका यसअघि जित हात पारिसकेको छ ।
विहिबार आएको मतपरिणामअनुसार भीमाद नगरपालिकामा कांग्रेसलाई हराउँदै एमालेले पौडेलको जिल्ला तनहुँमा दोस्रो जित हात पारेको हो ।
भीमादमा एमाले मेयर उम्मेदवार मेखबहादुर थापा ६ हजार ४६४ मत ल्याएर विजयी भए । उनले कांग्रेसका पुष्पराज पराजुलीलाई ३८४ मत अन्तरले पराजित गरे । पराजुलीले ६ हजार ८० मत पाए ।
यसैगरी, उपमेयरमा पनि एमालेले नै जित हासिल गरेको छ । एमाले उम्मेदवार शारदा खनालले ६ हजार सात सय १२ मत पाउँदा कांग्रेस उम्मेदवार इन्दिरा खनालले पाँच हजार सात सय ७५ मत प्राप्त गरिन् ।
वडाहरुमा पनि एमालेले बहुमत जित हासिल गरेको छ ।

No comments: