Header Ads

Breaking News
loading...

ताप्लेजुङका सात विद्यालयका विद्यार्थीलाई झोला वितरण



बसन्त लिम्बु, ताप्लेजुङ, जेठ १ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका ४ को साब्लाखु र लिम्बूदिनका सातवटा विद्यालयमा अध्यानरत विद्यार्थिलाई एक समाजसेविले झोला वितरण गरेका छन् ।
सोहि स्थानमा जन्म भई हाल बिर्तामोड, झापामा बस्दै आएका लक्ष्मि प्रसाद मिश्रले विद्यार्थीका लागि झोला वितरण गरेका हुन् ।
सो गाउँपालिकामा रहेका सरस्वति माध्यमिक विद्यालय, लुङसुङ पौवा प्राथमिक विद्यालय, राधिका प्राथमिक विद्यालय, इन्द्रावति प्राथमिक विद्यालय, गैतम वुद्ध प्राथमिक विद्यालय, सिंहदेवि आधारभुत विद्यालय र लिम्बुदिनको सुनगाभा प्राथमिक विद्यालयका ५ सय ६० जना विद्यार्थीलाई झोला वितरण गरिएको सिंहदेवि आधारभुत विद्यालयका प्रधानाध्यापक टेक वहादुर महतले बताए ।
आफु सोहि गाउँमा पढ्दा आर्थिक अवस्था नाजुक भएकै कारण झोला बोक्न नपाएको र अहिलेका विद्यार्थीहरुले सहजै विद्यालयमा झोला बोकेर जाने वातावरण बनाउनको लागि यस्तो सहयोग गरेको समाजशेवि मिश्रको भनाई छ

No comments:

Powered by Blogger.