म्यानपावर व्यवसायीलाई जिउँदै आगो लगाएर हत्या
काठमाडौं । अज्ञात समूहले सिराहामा एक म्यानपावर व्यवसायीलाई जिउँदै आगो लगाएर हत्या गरेको छ । सिराहाको फुलवारिया ६ मा प्रतिज्ञा म्यानेजमेन्ट सर्भिस प्रालिका सञ्चालक प्रदिप राय कुर्मीको हत्या भएको हो । आफ्नै निवासमा मंगलबार राती ११ बजे सुतिरहेको बेला अपरिचित समुहले आगो लगाएर हत्या गरेको सिराहा प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।


No comments: