रेष्टुरेण्टमा यौनजन्य क्रियाकलाप, ३ महिला सहित १४ जना पक्राउ
भक्तपुर– नगरकोट नगरपालिका–११ स्थित रातोभाले रेष्टुरेण्टमा अनैतिक क्रियाकलापमा संलग्न ३ महिला सहित १४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
अनन्तलिङ्गेश्वर नगरपालिका–३ बस्ने २९ बर्षीय संजोक थापा सहित ११ पुरुष र तिन महिलालाई होटलमा शंकास्पद अवस्थामा फेला पारेपछी शनिवार नियन्त्रणमा लिईएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता (डिएसपी) कृष्ण प्रसाईले जानकारी दिए ।
‘रेष्टुरेण्टमा यौनिक क्रियाकलाप हुने गरेको स्थानियको सुचनाका आधारमा होटलमा पुग्दा शंकस्पद अवस्थामा फेला परेपछी १४ जनालाई नियन्त्रणमा लिएका छौं’ डिएसपी प्रसाईले भने, ‘उनिहरुसँग सोधपुछ लगायतका थप अनुसन्धान भईरहेको छ ।’


No comments: