"धन नहुदा धनकुमार र सबिनाको बिजोक""

छेउको सियो माझैमा पर्छ। चर्खा जस्तै, दिन पछि रात, रात पछि दिन, दु:ख पछि सुख आउँछ भन्छौ । तर, लामो समय देखि दु:ख खेपिरहेका यो परिवारको कथामा त्यस्तो सुत्र लागू भएको भेटिन्न ।

नेपालकै बिकट जिल्ला खोटाङको खार्मी गाबिस रुयलमा अत्यन्तै बिपन्न परिवारमा जन्मेकी सबिना राई सानैमा बाबुआमा बिहिन् टुहुरी बडाबाआमाको आश्रयमा हुर्केकी हुन् । त्यस्तै खोटाङ्गकै बाक्सिला -८ चोखुम रोइमामा जन्मिएका धनकुमार राई "गम्भिरे" पनि जन्मेको एक साल हुँदानै आमा गुमाएका टुहुरा हुन् । र उनका बाबूले स्थानीय साहुहरुको भारी बोक्दै , ज्याला मजदुरी गर्दै हुर्काएका थिए। दुर्भाग्यले जब ओरालो ठेल्छ तब समाउनलाई साहारा त्यान्द्रो पनि भेटिन्न। यिनको बाउको पनि निकै पहिले घाँस काट्न रुख चढ्दा लडेर मृत्यु भएको थियो। त्यस्तै यिनको बाजे इतिहासमा अलेखित एक गुमनाम र खोजीको बिषय बन्नु पर्ने पात्र हुन् जो २००६/७ सालमा राणा बिरोधी बिद्रोह गर्ने क्रान्ति नायकहरु नारदमुनी थुलुङ, रामप्रसाद राई, सर्वधन राई, क्याप्टेन यज्ञ बहादुर थापाहरु संगै गएका र कहिल्यै नफर्किएका बताउछन् स्थानीय बुढापाकाहरु।

खेतालापात धाउँदै तथा स्थानीय ब्यापारीहरुको भारी बोक्दै हुर्केका धनकुमार जाँगरीला भएकाले गाउलेहरुले जोडिको रुपमा यो लेखको मुल पात्र सबिना राईलाई उपयुक्त ठानी घर गृहस्थ गरि खाउन् /खान सक्छन् भन्ने बिश्वासका साथ घरजम गरिदिन्छ्न् । घरजमको केही सालमै तीन जना छोराहरु जन्माउछ्न् । अभावमै भए पनि पौरख पाखुरीमा राम्रै चल्दै जान्छ जीवन। भलै उनिहरु बसेको झुपडी आफ्नै समेत थिएन । ज्याला मजदुरी खेतालापात घाँसदाउरा गर्दै भए पनि छोराहरू हुर्काए पछि सुखका दिन आउने उत्साहाका साथ दुबै मिलेर परिवारीक रथ हाँक्ने क्रममा नियतीको कठोर बज्रपात हुन्छ। तेस्रो सन्तान जन्मिए पछि सुत्केरी अवस्था बाट राम्ररी नटङ्ग्रीनै घाँस काट्न रुख चढेकी सबिना रुखबाट लड्छिन्। उन्नति र प्रगतीमा सन्सारले कत्रो फड्को मारी सक्यो। बिकासशील देशका बैज्ञानिकहरुले कृतिम मुटु बनाईसके तर नेपालीहरुको लागि अझै सुलभ स्वास्थ्यपोचारको सहज पहुँच छैन। बिकट जिल्लाको बिकट गाउँ अनि त्यहाँको गरिब सुकुम्बासी परिवार, उचित आधुनिक औषधि उपचारको अभावमा महिनौ सम्म थलिएर बिस्तरा बाट उठ्छिन् सविना तर उनको चोट लागेको खुट्टा एउटा अर्को खुट्टा भन्दा केही छोटो हुन्छ । सायद भाँचिएको हड्डी राम्ररी जोडिएन वा कतै जोर्नी/गेडि खुस्कियो । शारीरिक रुपमा केहि असक्त भए पनि फेरि जीवन यापनको कठोर संघर्षमा होमिन्छ्न् , घाँस दाउरा मेलापात अर्मपर्ममा। प्रारब्धको क्रुर खेल फेरि दोहोरिन्छ पुनः एकाएक उनिहरुले भोगिरहेको जिवनमा निर्दयी ग्रहण लाग्छ । फेरि सबिना लड्छिन् र पहिले पनि फ्याक्चर भएको खुट्टामा पुनः चोट लाग्छ । र चार साल भयो हाल सम्म्म निको भएको छैन। निको हुँदै गए जस्तो हुने र फेरि बल्झिने। उपचारको नाममा स्थानिय बाक्सिलाको स्वास्थ चौकीमा र एक पटक युकेमा कार्यरत यहि भेगका समाजसेवीहरुको पहलमा सोही स्थानमा आएको एक स्वास्थ सिविरमा जचाउँदा उपचारको लागि काठमाडौ लैजाने सल्लाह सँगै केही सहयोग रकम (स्थानीय हरुले समेत) सहयोग पनि गरेका रहेछन् । तर अपरयाप्त रकम अनि भारी बोक्न र नुन तेल लिन धरान, कटारी र घुर्मी बाहेक अन्यत्रको सहर नदेखेको धनकुमार र सबिनालाई आफ्नो कुनै नातेतार पनि नभएको काठमाडौ आउने र उपचार गराउने भन्ने कुरा असम्भव थियो । बरु गाउँमा भोक तिर्खा सोध्ने र करेसामा फलेको तरकारी बाँडी खाने चलन हुन्छ, तर वल्लो घरमा मलामी, पल्लो घरमा जन्ती जाने बिरानो सहरमा, कहिल्यै काठमाडौ नटेकेको धनकुमारले ससाना तीन वटा दुधे बालकहरु गाउँमा तेतिकै छाडेर श्रीमतीको उपचार गर्न काठमाडौ ल्याउन असम्भवै थियो यसैले चोट लागेको चार साल सम्म पनि दर्दनाक पीडा सहेर बाँची रहेछिन् सबिना उनको खुट्टाको घाउ निको हुने भन्दा पनि अहिले झन्झन् बढ्दै गएको छ। साथै अर्को उल्लेख गर्नै पर्ने कुरा चाहिँ अशिक्षा चेतनाकी अभावले जीवन कति कस्टकर हुन्छ भन्ने कुरा चाहिँ बिरामी सबिना आउँदो चैत्र बैशाखमा बच्चा जन्मने गरि गर्भवती रहेछिन् । यो लेख पढी रहनु भएका आदरणीय माहानुभावहरु जो देश बिदेशमा कार्यरत हुनुहुन्छ। सामाजिक सेवामा तल्लिन विभिन्न संघ सस्थामा आवद्ध ब्याक्तिहरु, राजनितिक नेता कार्यकर्ता साथै तमाम समाजसेवीहरु, मिडियाकर्मीहरु यतिखेर हामी यो परिवारको उपचारार्थ केही पहल गर्न सक्छौ कि भनेर यो लेख यहाँहरु समक्ष पस्की रहेका छौँ। यी बिरामीलाई काठमाडौ ल्याउने हस्पिटलमा राख्ने खान बस्न अनि उपचार औषधि खर्च संगै गाउँमा यिनका तीन जना बच्चाहरुलाई बस्न खान समेत ब्यवस्था गर्नु पर्ने भएकोले एक दुइजनाको सहयोग मात्र परयाप्त नभएकोले यहाँहरु जो जो मानवीय मनले सहयोग गर्न इच्छुक हुनुहुन्छ । तस्बिरमा देखिने बिरामी सबिनाको लागि कुन अस्पतालमा लगे ठिक होला? कहि कतै यी बिपन्न परिवारलाई सुलभ मुल्यमा उपचार गराउने कुनै तरिका छन् कि ? उपचारका लागि तपाईंको उदार मनले सहयोग गर्न र अन्य सुझावको पनि आग्रह गर्दछौं । उपचारकार्यलाई सहयोग जुटाउन सहयोगी मनहरु संग सम्योजन गर्न हामी कोसिस गरि रहेका छौ । आशा छ हामी सबैको मानवीय सहयोगले दु:खको भुमरीमा परेको यो परिवारले मुक्ति पाउने छ। यहि बिश्वासको साथ मानवीय साथको निम्ति हार्दिक आग्रह गर्दछौं। सहयोग गर्न चाहनुहुने आदरणीय महानुभावहरुले सिधा बिरामीको यो खातामा सहयोग रकम जम्मा गर्न सक्नुहुनेछ (Sabina Rai मो.न.-986-1858978) A/C No. 150001979 SR Century Commercial Bank LTD Diktel Branch . यहाँहरु बाट प्राप्त हुने सहयोग रकम र खर्चको विवरण साथै उपचार प्रक्रियाको जानकारीको लागि "सबिना राई उपचारार्थ छलफल" ग्रुप च्याट र "सबिना राई सहयोग अभियान" पेज खोलेका छौ । विभिन्न अनलाईन पत्रीका साथै BFBS रेडियो मार्फत जानकारी गराउने छौँ। थप जानकारीको लागि (उमेश राई, युएई +971 50 436 5091, +971553358932 Whatsaap) (प्रनिशा राई, नोर्वे +47925 07 844 Whatsaap) (सन्जय राई, नेपाल

No comments: