Header Ads

Breaking News
loading...

कर्मचारीलाई कुटेको भनि संचारकर्मीले फैलाएको हौवा प्रति संसद शेर्पाको गुनासो


आलोक माबोहाङ् लिम्बू  
१७ माघ, ताप्लेजुङ । 
नेकपा (माओवादी केन्द्र) का सभासद ओङ्दी शेर्पाले जिल्ला पशु सेवा कार्यालयका कर्मचारीलाई कुटपिट गरेको हौवा केहि संचारकर्मीले फैलाएको प्रति गुनासो गरेका छन् । 
जिल्ला पशु सेवा कार्यालय, ताप्लेजुङका कर्मचारी भीम घिमिरेलाई कुटपिट गरेको समाचार केहि अनलाईनहरूले १६ माघमा प्रकाशन गरेका थिए । बास्तविक कुरा नबुझि समाचार संप्रेषण गरेको प्रति सभासद शेर्पाले गुनासो गरेका हुन् ।  
परिचय पत्रबिना कार्यक्षेत्रमा खटिएको कारण यस्तो समस्या भएको हो । गाउँको तथ्याङ्क संकलन गर्न खटिएका कर्मचारी घिमिरेलाई सभासद शेर्पा लगायत स्थानीयले सोधपुछ गरेका थिए । 
“दुव्र्यवहार नगरिएको बरु जिल्ला प्रहरी कार्यालयमा बुझेपछि पशु कार्यालयकै कर्मचारी भएकोले आफ्नै घरमा बस्न आग्रह गरेँ ।” शेर्पाले भने, आफ्नो कोठामा जाने भनि गएका र गाउँबाट हिंडिसकेपछि कुटपिटको आरोप लगाएको सभासद शेर्पाले बताए । 
सभासद शेर्पाले थप भने “आफू नभएको भए नक्कली ईन्जिनियरको फन्दामा परिसकेका स्थानीयको लफडा खेप्नु पथ्र्यो ।” बरु आफूले ति परिचय पत्रबिना फिरन्ते काममा हिँडेका पशु सेवा कर्मचारीलाई बचाएको जानकारी दिए । 

No comments:

Powered by Blogger.